News Portal

  • इक्यानको झापा अध्यक्षमा जमरकट्टेल

    रातोपोस्ट संवाददाता
    ४२१ पटक

    झापा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को झापा जिल्ला कार्यसमिति गठन भएको छ ।  इक्यानको केन्द्रीय समितिले आज बिर्तामोडमा शैक्षिक परामर्शदातृ संस्थाका सञ्चालकहरुको भेला गरि जिल्ला नेतृत्व चयन गरेको हो।

    नवगठित जिल्ला कार्य समितिको अध्यक्षमा  सुमन शर्मा जमरकट्टेल चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा मिलन ओली, सचिवमा  मदन बुढाथोकी र कोषाध्यक्षमा  राजकुमार कार्की चयन भएका छन् ।

    समितिका सदस्यहरुमा लक्ष्मीकान्त खनाल, अशोक भण्डारी, अनिल सापकोटा, नविनकुमार शिवाकोटी र खगेन्द्र भण्डारी रहेका छन् ।

    नवगठित जिल्ला शाखाका पदाधिकारी एवम् सदस्यहरुलाई इक्यानका केन्द्रीय अध्यक्ष विष्णुहरि पाण्डे, महासचिव शेषराज भट्टराई, निवर्तमान अध्यक्ष प्रकाश पाण्डे लगाएतले सफलतताको शुभकामना दिएका थिए ।

    उनीहरुलाई आजै पद तथा गोपनियताको सपथ गराइएको छ ।

    कार्यक्रममा बोल्दै इक्यानका केन्द्रीय अध्यक्ष विष्णुहरि पाण्डेले शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन तथा व्यवसायीकरण गर्न इक्यानले मोफसलमा रहेका व्यवसायीलाई पनि एकै छाता मुनि रहेर काम गर्न सहजिकरण गरेको बताए ।

     

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)