News Portal

एउटै माछा ३४ करोड ७२ लाखमा बिक्री

रातोपोस्ट संवाददाता
८९६ पटक

टोकियो । जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर (रु.३४ करोड ७२ लाख) मा खरिद गरेका छन्।

जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ हो। यो माछा प्रतिकेजी करीब रु १२ लाख ४९ हजार पर्नेछ।
अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी मूल्यमा टुना किनबेच भएको थियो।

नयाँ वर्षको अवसरसँगै खुलेको नयाँ माछा बजारमा लिलाम बढाबढ हुँदा एउटै टुना माछालाई ३१ लाख डलरमा खरिद गरिएको हो। सो माछा दुई सय ७८ किलोको भएको बताइएको छ।

विश्वमै लोपोन्मुख प्रजातिको मानिने यो टुना माछा जापानको उत्तरी तटीय सामुद्रिक क्षेत्रमा समातिएको थियो।

‘टुना किङ’ को नामबाट आफूलाई चिनाउने जापानी नागरिक कियोसी किमुराले सबैभन्दा बढी बोलकबोल गरेका थिए। यसअघि सन् २०१३ मा पनि कियोसीले नै टुनाको सबैभन्दा बढी मूल्य कबोल गरेका थिए।

‘यो सबैभन्दा उत्तम टुना हो। मैले आज अति स्वादिलो, ताजा टुना किन्न सफल भएको छु,’ जापानमा सुसी रेष्टुराँका मालिक कियोसीले गर्वसाथ समाचारदाताहरुलाई बताए।

‘पहिले सोचेभन्दा यसपटक टुनाको मूल्य बढी हो तर हाम्रा ग्राहकले सर्वोत्तम टुनाको स्वाद लिन पाउनेछन्,’ उनले बताए। चुकिजीमा बिहान उज्यालो हुनुअघि नै माछाको लिलाम बढाबढ हुने गर्छ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)