News Portal

  • मेयरको कार्यकक्षमा पत्रकार कुटिए

    रातोपोस्ट संवाददाता
    ५४७ पटक

    धनुषा। जनकपुरधाम उपमहानगरपालिका कार्यालयमै मेयर लालकिशोर साहको नेतृत्वमा पत्रकारहरुमाथि कुटपिट भएको छ।

    पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, पत्रकार अमरकान्त ठाकुर, शुभाष कर्ण, राजा झालगायत १२ जना पत्रकारहरुमाथि मंगलबार कुटिपट भएको हो।

    मेयर र उनका सहयोगीहरुले पत्रकारमाथि हेल्मेटले आक्रमण गरेका छन्। जानकी मन्दिर अगाडिको सडक विस्तारको क्रममा ८५ लाख रुपैयाँको चलखेलमा निजी घर बचाउन जानकी मन्दिरको फूलबारी अतिक्रमण गरी पर्खाल भत्काएको आरोपको विषयमा प्रतिक्रिया लिन पुगेको बेला पत्रकारहरुमाथि कुटपिट भएकाे हाे।

    मेयर साहले उनका सहयाेगी तथा नगर प्रहरी परिचालन गरी कुटपिट गरेका पीडित पत्रकारले बताएका छन्। कुटपिटबाट अमरकान्त ठाकुर,शुभाष कर्ण, सुमित मिश्र र राजा झा सामान्य घाइते भएका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)