News Portal

  • नौ महिना जेल बसेपछि ‘निर्दोष’ करार

    रातोपोस्ट संवाददाता
    ५६६ पटक

    काठकाठमाडौं । कसूरअनुसार सजाय भोग्नु त कानुनी नियम नै हो । तर, कसुरबिना नै नौ–नौ महिनासम्म जेल बस्नुपर्दा कति पीडा होला निर्दोषलाई ?

    यसरी नै जेल बस्नुपर्दा कम्ता पीडा भएको छैन सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–६ थुम्पाखरका रेशमबहादुर पाख्रिनलाई, त्यो पनि बलात्कारको आरोपमा ।

    २०७५ कात्तिक १३ गतेका दिन एक अपरिचित महिलाले बलत्कारको आरोपमा उनीविरुद्ध महानगरीय प्रहरी परिसर ललितपुरमा मुद्दा दर्ता गराइन् ।

    त्यसको १४ दिनपछि कात्तिक २७ गते प्रहरीले पाख्रिनलाई जावलाखेलको एक रेष्टुरेन्टबाट पक्रियो । तत्कालीन प्रहरी नायब उपरीक्षक नारायण चिमौरियाको निर्देशनमा खटिएको प्रहरी टोलीले बलात्कार अरोपमा ती महिलाले दिएको जाहेरी पढेपछि पक्राउ गरियो ।

    दोषी देखिने आधार फेला नपरेपनि उनलाई पुर्पक्षका लागि २४ दिन जेल चलान गरिएको थियो  । पाख्रिनले कानुनी उपचार खोजिरहे । एकातिर डाक्टरको रिपोर्ट जिल्ला अदालत पाटनमा पेस भयो । अर्कोतिर उनी आरोप लगाएको दिन कार्यालय नै नगएको बयान दिए । अन्ततः उनी २०७६ असर २४ गते जिल्ला अदालत पाटनले पाख्रिन निर्दोष भएको फैसला सुनायो । नेपाल समाचारपत्र

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)