News Portal

  • इरानले भन्यो– अमेरिकाको अनुहारमा झापड हान्यौं, तर यत्तिले पुग्दैन

    रातोपोस्ट संवाददाता
    ३९८ पटक

    काठमाडौं । इरानका सर्वोच्च धार्मिक नेता आयोतल्लाह अलि खमेनीले इराकस्थित अमेरिकी सैन्य अखाडामा आफूहरुले आक्रमण गरेर अमेरिकाको अनुहारमा झापड हानेको बताएका छन् ।

    उनले यो आक्रमण अझै कम रहेको बताए ।

    राजधानी तेहरानको दक्षिण–पश्चिमस्थित कुम प्रान्तमा हजारौं मानिसहरुको सहभागितामा गरिएको एक बैठकलाई बुधबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

    खमेनीले अमेरिकालाई क्रूर, ढँटुवा, बदमासको संज्ञा दिए ।

    दुनियाँलाई धम्काउनेलाई सबक सिकाउन इरान सक्षम रहेको बताए । उनले भनेका छन्, ‘अमेरिकाविरुद्ध यो हमलाले मात्र पुगेको छैन । यो क्षेत्रबाट अमेरिकाको उपस्थिति अन्त्य हुनु महत्वपूर्ण हो ।’

    इराकका दुई स्थानमा रहेका अमेरिकी सैन्य अड्डामा मंगलबार राति इरानले ड्रोन आक्रमण गरेको थियो । अमेरिकी सेनाको आक्रमणबाट इरानी सैन्य कमाण्डर कासिम सुलेमानी मारिएको बदलामा प्रत्याक्रमण गरेको इरानले जनाएको छ । करिब दुई दर्जन ड्रोन आक्रमणबाट कम्तिमा ८० जना अमेरिकी सेना मारिएको इरानका सञ्चार माध्यमले जनाएका छन् । यद्यपि यसको स्वतन्त्र पुष्टि भइसकेको छैन ।

    इरानका विदेशमन्त्री जावेद जरीफले भनेका छन्, ‘हामी युद्ध चाहँदैनौं तर कुनै पनि आक्रमणबाट आफ्नो रक्षा गर्छौं ।’

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)