News Portal

  • राष्ट्रिय सभा सदस्य निर्वाचन–नेकपालाई सहज बाँकीलाई फलामको च्यूरा

    रातोपोस्ट संवाददाता
    ५७२ पटक

    काठमाडौँ। आउँदो माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा अचम्म भएन भने सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विजय पक्का छ ।

    राष्ट्रिय जनता पार्टी राजपा नेपालले सान्त्वना स्थान प्राप्त गर्नेछ ।

    विसं २०७४ मा सम्पन्न भएको प्रदेश सभा सदस्य र स्थानीय तहमा निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहेको

    राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कुनै चमत्कार भएन भने नेकपाको १६ स्थान र राष्ट्रिय जनता पार्टी दुई स्थानमा विजयी हुनेछन् ।

    राजपा नेपालको दुई स्थान कायमै रहेमा नेकपाले हालको नौ स्थानबाट आठ थपेर १६ स्थानमा जित्न सक्ने दलीय मतदाताको तथ्याङ्क छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहितका अन्य दलको यस निर्वाचनमा विजयी हुने अवस्था छैन ।

    प्रदेश सभा सदस्यतर्फका ५५० र स्थानीय तहततर्फका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी कुल दुई हजार ५६ जना मतदाता छन् ।

    सातवटा प्रदेशमा महिला समूह सात, दलित समूहतर्फ दुई, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ दुई र अन्य समूहतर्फ सात गरी जम्मा १८ रिक्त पदका लागि मतदान हुँदैछ ।

    मतदान हुँदा उम्मेदवारको नाम र दलको निर्वाचन चिह्न भएको मतपत्र हुने जानकारी निर्वाचन आयुक्त नरेन्द्र दाहालले दिए ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

     

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)