News Portal

  • खर्च गर्न नसके, बजेट ‘सरेन्डर’

    रातोपोस्ट संवाददाता
    ३३७ पटक

    काठमाडौँ। आर्थिक वर्ष आधा सकिन लाग्दा पनि आशाअनुरुप बजेट खर्च हुन नसकेपछि सरकारले सम्बन्धित मन्त्रालय तथा आयोजनालाई बजेट ‘सरेन्डर’ गराउने तयारी गरेको छ ।

    फागुन मसान्तसम्ममा ५० प्रतिशत बजेट खर्च गर्ननसक्ने विकासे मन्त्रालय र आयोजनाहरुलाई अर्थमन्त्रालयले बजेट ‘सरेन्डर’ गर्न तयार रहन अर्थमन्त्रीले जानकारी गराएका छन् ।

    प्रधानमन्त्री स्वयंले अनिवार्य रुपमा फागुनसम्म ५० प्रतिशत खर्च गरिसक्न निर्देशन दिएकोले सोही अनुरुप अर्थमन्त्री डा युवराज खतिवडाले पनि निर्देशन दिएको अर्थमन्त्रालयले जनाएको छ ।

    अर्थमन्त्रीले सबै अर्थमन्त्रालयका सचिव विभिन्न आयोजनाका प्रमुखलाई राखेर विनियोजन भएको बजेट फागुनसम्म खर्च नभए वा गर्न नसक्ने भए बजेट‘सरेन्डर’ को लागि तयार हुन निर्देशन दिएका छन् ।

    यो समाचार आजको  कारोबार दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)