News Portal

  • सहकारीको माध्यमबाट वैदेशिक रोजगारी विस्थापित गर्नुपर्छ: मन्त्री अर्याल

    रातोपोस्ट संवाददाता
    ४६२ पटक

    काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारीको माध्यमबाट वैदेशिक रोजगारी विस्थापित गर्नुपर्ने बताएकी छन्।

    राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारणसभाका अवशरमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले यस्तो बताएका हुन। एक घर एक सहकारी सदस्य अनिवार्य अभियान चलाएर वैदेशिक रोजगारीलाई विस्थापित गर्नेगरी अगाडि बढ्नुपर्ने उनले बताए। मन्त्री अर्यालले एउटा सहकारी र एउटा रोजगारी पनि अनिवार्य गर्नुपर्ने बताए।

    मन्त्री अर्यालले राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि एउटा बलियो खम्बा सहकारी भएको बताए। राज्यले सहकारीलाई अर्थतन्त्र निर्माणको खम्बा मानेको र व्यवहारले पनि त्यो पुष्टि भएको उनको भनाई छ। अब आउने नेतृत्वलाई सहकारीको माध्यमबाट कति योगदान पुर्‍याउने भन्‍ने‍ चुनौती थपिएको उनले बताए।

    समृद्धिको आधार क्षेत्र सहकारी भएकाले कार्यक्षेत्र परिवर्तन गर्नुपर्ने उनको धारणा छ। महिला उद्यमशिलता, किसानको व्यवसायिकता, युवा उद्यमशिलताका क्षेत्रमा केही न केही काम सुरु गरेर प्रयोगात्मक बन्न पनि मन्त्री अर्यालले सहकारीहरुलाई आग्रह गरे। हिजोको दिनमा विस्थापित घरेलु उद्योगहरुको पुनस्र्थापना गर्नुपर्ने उनको धारणा थियो।

    मन्त्री अर्यालले सहकारीहरुको संख्या बढाउनुभन्दा आफ्नो कार्यक्षेत्र विस्तार गर्न आग्रह गरेका छन्। निष्क्रिय रहेको संस्था, लेखापरीक्षण प्रतिवेदन नबुझाउने र साधारणसभा नगर्ने सहकारीहरुलाई बन्द गर्ने चेतावनी मन्त्री अर्यालले दिए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)