News Portal

  • प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिग प्रतियोगिता : उद्घाटन खेलमा ९ विकेटले इष्टन बुलेट विजयी

    रातोपोस्ट संवाददाता
    १००८ पटक

    झापा । मेचीनगर–६ स्थित तुर्केनी खेलमैदानमा आजबाट प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिग प्रतियोगिता सुरु भएको छ। प्रदेश सांसद श्रीप्रसाद मैनालीले बलिङ गदैै लिगको उद्घाटन गरेका थिए ।

    आज भएकाे खेलमा इष्टन बुलेट क्रिकेट क्लब सुनसरी ९ विकेटले विजयी भएको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको बोस्टन क्रिकेट एकाडेमीले ५ विकेटको क्षतीमा ९८ रन बनायो ।

    ९९ रनको टार्गेटमा सुनसरीले १ विकेटको क्षतीमा लक्ष्य भेट्टायो ।

    आज भएकाे खेलमा ४ विकेट लिएका सुनसरीका रमेश चौधरी म्यान अफ दी म्याच घोषित भए । उनलाई झापा जिल्ला क्रिकेट संघका सचिव तथा पूर्व अन्तर्राष्ट्रिय खेलाडी लाक्पा लामाले नगद राशीसहित पुरस्कृत गरे ।

    प्रतियोगिताको उद्घाटन सत्रमा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, समाजवादी पार्टीकी नेतृ सुन्दरी श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    सो अवसरमा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष शंकर थापा, जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेत, सशस्त्र प्रहरी नायव उपरीक्षक ज्ञानमणि पौडेल, तुर्केनी खेलमैदानका अध्यक्ष विष्णुप्रसाद चौंलागाईंलगायतको आतिथ्यता थियो ।

    आयोजक मिलन क्रिकेट क्लबका अध्यक्ष वीरु श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत सचिव विजय अधिकारी र सञ्चालन पर्शुराम पराजुलीले गरेका थिए ।

    शुक्रबार (भोली)को पहिलो खेल इष्टन बुलेट क्रिकेट क्लब सुनसरी र आदर्श क्रिकेट क्लब झापाबीच बिहानको १० बजे देखि हुनेछ । त्यस्तै, दोस्रो खेल युनाइटेड क्रिकेट एकाडेमी झापा र धुलाबारी क्रिकेट क्लबबीच दिनको १ बजे हुने आयोजक क्लबकी म्यानेजर निकीता थापा मगरले बताईन् ।

    माघ १ समापन हुने सो प्रतियोगिताको मुख्य प्रायोजकमा मेचीनगर नगरपालिका र मेची नेत्रालय रहेका छन् । प्रतियोगितामा आयोजकसहित १२ वटा टिमले सहभागी भएकाे आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ५० हजार ५१ रुपैयाँ र उपविजेता टिमले २५ हजार ५१ रुपैयाँ नगदराशी पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)