News Portal

  • बाह्रदशी गाउँपालिकाका जनप्रतिनिधिलाई सहजीकरण

    रातोपोस्ट संवाददाता
    ७६२ पटक

    झापा। बाह्रदशी गाउँपालिकाले दलित समुदायबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिलाई दुई दिने मानव अधिकार तथा हकहित प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छ ।

    जनप्रतिनिधि सहित दलित समुदायका अगुवालाई सहभागी गराइएको कार्यक्रममा समुदायको उत्थानको लागि आवश्यक सहजीकरण गरिएको छ ।

    बिहीवारबाट शुरु भएको कार्यक्रम दुई दिनसम्म चल्ने गाउँपालिकाले जनाएको छ । सो कार्यक्रममा दलित समुदायले राज्यबाट प्राप्त गर्ने सेवा सुविधाका बारेमा जानकारी गराइने छ ।

    जनप्रतिनिधि सहित अन्य सहभागीलाई जागरुप बनाउन कार्यक्रम आयोजना गरिएको कार्यपालिका सदस्य मिना सिन्चेउरीले जानकारी दिइन् ।

    उनका अनुसार स्थानीय सरकारबाट नेतृत्व गर्ने जनप्रतिनिधि र अन्य सहभागीलाई सचेतनामुलक सहजीकरण गरेर कार्यक्षेत्रमा लाग्न प्रोत्साहन गरिने छ ।

    कार्यक्रमको पहिलो दिन जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले दलित समुदाय र स्थानीय सरकारका बारेमा सहजीकरण गरेका थिए । उनले दलित समुदायले उपलब्धिलाई संस्थागत गर्नुपर्ने र सामाजिक रुपमा नेतृत्व गर्नुपर्ने बताएका छन् ।

    सहजीकरण गर्दै स्थानीय सरकारका काम कारबाहीमा दलित सहभागितालाई प्रभावकारी बनाउनुपर्ने जोड दिए । यस्तै, सूचना अभियान्ता प्रदीप परियारले सूचनाको हक, सञ्चार र दलित समुदायका बारेमा सहजीकरण गरेका छन् ।

    उनले सार्वजनिक निकायलाई खवरदारी गर्न कानुनी रुपमै व्यवस्था भएको सूचनाको हक प्रयोग गर्न आग्रह गरेका छन् । स्थानीय सरकारका काम कारबाहीलाई पारदर्शी भए नभएको जाँच गर्न सूचनाको हक प्रभावकारी हुने बताए ।

    दलित समुदायले पाएको अधिकार कार्यान्वयन भएको वा नभएको अध्ययन गर्न पनि सूचनाको हक प्रयोग गर्न मिल्ने जानकारी दिएका छन् ।

    उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशीले सबै समुदायको उत्थानका स्थानीय सरकार लागिरहेको जानकारी दिए ।

    उनले सबै समुदायको उत्थान भएमा मात्र विकासको अनूभुति गर्न सकिने बताएका छन् ।

    शुक्रवार कार्यक्रममा दलित समुदाय र उधमशिलता, संवैधानिक कानुनी अधिकार, नेतृत्व विकास र दलित आन्दोलनमा बुद्धिजीवीको भूमिकाबारेमा सहजीकरण गरिने छ । सहजीकरणहर्क विक, टिकाराम मंग्राती, सागर पोर्तेल र तिलक गजमेरले गर्नेछन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)