News Portal

  • पौडेल पक्षीय जिल्ला सभापतिहरुसँग देउवाले भने, ‘मलाई पनि भेलामा बोलाएको भए आउने थिएँ’

    रातोपोस्ट संवाददाता
    ४६१ पटक

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेल पक्षले बोलाएको भेलामा सहभागी भएका जिल्ला सभापतिहरुसँग बिहीबार पार्टीमा देखिएको विवादबारे छलफल गरेका छन्।

    पौडेल पक्षले बोलाएको भेलामा सहभागी हुन आएका जिल्ला सभापतिहरुलाई देउवाले बिहीबार बिहान खाना खाने गरी बुढानिलकण्ठ निवासमा बोलाएका थिए। देउवालाई भेट्न गएका जिल्ला सभापतिहरुले बिहानको खाना देउवा निवासमै खाएर दिउँसो साढे १ बजेपछि बाहिरिएका हुन्।

    देउवाले जिल्ला सभापतिहरुसँग आफू पार्टीमा देखिएको विवाद र असन्तुष्टि समाधान गरेर अघि बढ्न र सहमतिमा निर्णय गर्ने पक्षमा रहेको बताएका छन्।

    देउवाले जिल्ला सभापतिहरुसँगको भेलामा ‘तपाईँहरुले बोलाएको भए म पनि आउने थिएँ। आफ्ना कुरा राख्ने थिएँ। तपाईँहरुको कुरा सुन्ने थिएँ। बोलाउनु भएन।’ भनेको जनाइएको छ।

    संस्थापन पक्षले बहुमतिय आधारमा पार्टीका विभिन्न निर्णय गरेको र आफूहरुको त्यसमा समर्थन नरहेको भन्दै पौडेल पक्षले राजधानीमा आफू पक्षीय जिल्ला सभापतिहरुको भेला गरेको थियो। देउवाले भने सो भेलामा आफूलाई बोलाएको भए आउने बताएका हुन्।

    पौडेल पक्षको भेलामा सहभागी भएका कास्कीका कांग्रेस जिल्ला सभापति कृष्ण केसीले भने, ‘सभापति ज्यूलाई अरु बेला भन्दा फ्रेस र पार्टीका समस्याप्रति गम्भीर रहेको पायौँ। उहाँ हामी सो भेलामा सहभागी भएको भनेर रिसाउनु भएको पनि रहेनछ। भेलामा उहाँलाई पनि बोलाउन पाएको भए हुने जस्तो लाग्यो।’

    देउवाले पार्टीका निर्णय सहमतिका आधारमा गर्नेमा आफू प्रतिवद्ध रहेको तर लगातारको प्रयास गर्दा पनि सम्भाव नभएपछि बहुमतिय प्रक्रिया अपनाएको बताए। तर सहमतिका लागि भएको वार्ता प्रक्रियामा कुनै कमि कमजोरी भएको भए त्यसलाई सुधारेर अघि बढ्न तयार रहेको देउवाले बताएको बुढानिलकण्ठ पुगेका जिल्ला सभापतिहरुले बताएका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)