News Portal

  • सुमार्गीकाे हेलाे नेपालसहित तीन कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय मन्त्रिपरिषदले गर्‍यो बदर

    रातोपोस्ट संवाददाता
    ६३० पटक

    काठमाडौं । लाइसेन्स खारेजीमा परेका तीन दूरसञ्चार सेवाप्रदायक कम्पनीलाई मन्त्रिपरिषद्ले ब्युँताएको छ। वर्षौंसम्म राजस्व नतिरेका कम्पनीलाई नै सरकारले पुनर्जीवन दिएको हो।

    टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले ती कम्पनीको लाइसेन्स इजाजतपत्र खारेज गरेको थियो।सोमबारको मन्त्रिपरिषद् बैठकले स्मार्ट टेलिकम, नेपाल स्याटेलाइट र वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टमलाई पाँच किस्तामा बक्यौता रकम तिर्ने सुविधा दिएको छ।

    सरकारले यी कम्पनीको इजाजत खारेज गर्ने प्राधिकरणको निर्णय उल्ट्याएको छ। वर्षौंदेखि राजस्व नतिर्ने र ताकेता बेवास्ता गर्ने तीनै कम्पनी खारेजीमा परेका थिए।

    नेपाल स्याटेलाइट टेलिकम हेल्लो नेपालका सञ्चालक अजेयराज सुमार्गी, स्मार्ट टेलिकमका अध्यक्ष सर्भेस जोशी र वेबसर्फरका सञ्चालक सुजन र सुमन क्षेत्री हुन्।

    सरकारको निर्णयपछि ३ अर्ब १८ करोड ९९ लाख रुपैयाँ तिर्नुपर्ने तीनवटा कम्पनीले पाँच वर्षको समयसीमा पाएका छन्। स्मार्ट टेलिकमको २ अर्ब ३२ करोड २५ लाख लाख १७ हजार, नेपाल स्याटेलाइटको ८२ करोड ७० लाख रुर वेबसर्फरको ३ करोड ८४ लाख ४ हजार रुपैयाँ तिर्न बाँकी छ। यो गत भदौसम्मको बाँकी रकम हो। अहिलेसम्मको रकम र ब्याज जोड्ने हो भने अझै बढ्ने प्राधिकरणले जनाएको छ।

    तीनै कम्पनीलाई पाँच वर्षभित्र पैसा तिर्ने गरी किस्ताबन्दी सुविधा दिइएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीबार जानकारी दिए। उनका अनुसार तीनवटै कम्पनीले पाँच वर्षसम्म असारभित्रै किस्ता बुझाउनुपर्नेछ। यस आर्थिक वर्षको असारभित्र पहिलो किस्ताबापतको रकम तिर्नुपर्ने र बाँकी हरेक वर्ष असारभित्रै तिर्ने गरी सुविधा दिएको प्रवक्ता बास्कोटाको भनाइ छ।अन्नपूर्ण पोष्ट्

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)