News Portal

  • मनाङ र मछिन्द्रको खेलमा झगडा गर्ने ६ खेलाडीलाई एन्फाको कारबाही

    रातोपोस्ट संवाददाता
    ३५५ पटक

    काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले काठमाडौंमा जारी सहिद स्मारक एडिभिजन लिग अन्तर्गत गत सोमबार भएको मनाङ र मछिन्द्रबीचको खेलका क्रममा झगडा गर्ने ६ खेलाडीलाई कारबाही गरेको छ ।

    एन्फाले मनाङका मिडफिल्डर जगजित श्रेष्ठ र गोलकिपर अशोक बराललाई ५–५ खेलको प्रतिबन्ध गरेको छ। झगडा गरेपछि रातो कार्ड पाएका बरालले थप एक खेलको प्रतिबन्ध झेल्नु पर्नेछ।

    यस्तै मनाङका फरवार्ड रञ्जन विष्ट २ खेलको प्रतिबन्धमा परेका छन्। मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई भने २–२ खेलको प्रतिबन्ध लगाइएको छ।

    जगजित र अशोकलाई हजार रुपैयाँ जरिवाना पनि गरिएको एन्फाले जनाएको छ । एन्फाको अनुशासन समितिले ६ जना खेलाडीलाई कारबाही गर्ने बिहीबार निर्णय गरेको हो।

    मनाङका किट्स व्यवस्थापक शिव लामालाई सिजनको लिगका बाँकी खेलमा प्रतिबन्ध लगाइएको छ भने १० हजार रुपैयाँ जरिबाना गरिएको छ। यस्तै दुवै क्लबलाई ५०–५० हजार रुपैयाँ जरिबाना गर्ने पनि एन्फाले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)