
पाेखरा। राष्ट्रिय परोपकार महासंघ पोखरा नगर महिला समितिको तेस्रो अधिवेशनले रेनु थापाको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्ष कल्पना क्षेत्री, सचिव अम्बीका ढकाल, सह–सचिव शान्ति ओझा, कोषाध्यक्ष साग्रीला केसी र सदस्यहरुमा कमला शर्मा, रमा बराल, गीता लामिछाने, शुसिला रानाभाट, सरस्वती भण्डारी, सीता भण्डारी, कविता कार्की, प्रिया थापा रहेका छन् ।
समितिको घोषणा निवार्चन समितिका संयोजक कृष्ण थापाले गर्दै कार्यकालको लागि सफलताको शुभकामना दिएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै महासंघका केन्द्रीय अध्यक्ष कमलनयन गौतमले धर्म संस्कृतिका रक्षा हेतु नारी शक्ति देवीको रुपमा लाग्नुपर्ने बताए ।
महासंघले नेपालभरि सामाजिक धार्मिक कार्यका लागि सकृिय रहेको बताए । क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण बहादुर थापाले असल समाज निर्माणमा महिला समिति मार्फत भएको कृयाकलाप प्रंशसा योग्य रहेको बताए ।
सल्लाहाकार शुस्मा पौडेलले नहुने, नसक्नेलाई सेवाको भावना महिला समुहहरुले लिनुपर्ने बताइन् ।
कार्यक्रममा अक्षयकोष दाता सरस्वती गुरुङ्गले महिलाहरुको सहभागीता सबै क्षेत्रमा सम्मानजनक हुनपर्ने बताइन् ।
समितिका अध्यक्ष रेनु थापाको सभापतित्वमा भएको कार्यक्रममा सल्लाहाकार सरिता कार्की, सचिव अम्बीका ढकाल, कोषाध्यक्ष कल्पना बास्तोला, सल्लाहाकार गिरी कोइराला, जिल्ला सचिव राजेन्द्र पौडेल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
महासंघको वार्षिक कार्यक्रम अन्र्तगत पौष २६ देखि माघ ४ गतेसम्म श्रीमद् भागवत महा उत्सव तथा तेस्रो महाधिवेशन हुने भएको छ ।