News Portal

  • पृथ्वी जयन्तीकाे अवसरमा, झापाका दुई गाउँपालिकामा सार्वजनिक बिदा

    रातोपोस्ट संवाददाता
    १४३१ पटक

     

     

     

     

     

     

     

     

     

     

    झापा। झापाका दुई स्थानीय तहले आइतबार सार्वजनिक बिदा दिएका छन्। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएका हुन्।

    कचनकवलले आफ्ना नीति तथा कार्यक्रममै पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा बिदा दिने निर्णय गरेको र सोहीअनुसार बिदा दिइएको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले जानकारी दिए।

    त्यस्तै, हल्दिबारी गाउँपालिकाले शुक्रवार सबै जनप्रतिनिधिको सहमतिमा पुस २७ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले बताए। ‘पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन, उहाँको जन्म जयन्तीमा स्थानीय तहले मात्र होइन सरकारले नै बिदा दिनुपर्ने हो,’ अध्यक्ष लिङदेनले भने।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)