News Portal

  • शिवसताक्षी नगरपालिकाद्वारा १७५ विद्यार्थीलाई न्यानो कपडा वितरण

    रातोपोस्ट संवाददाता
    ६२३ पटक

     

     

     

     

     

     

     

     

    झापा। झापाको शिवसताक्षी नगरपालिकामा नगरभित्र सञ्चालनमा रहेको चार सामुदायिक विद्यालयका १७५ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । गरीव तथा जेहन्दार विद्यार्थीहरुलाई मध्यनजर गर्दै नगरपालिकाले जाडोमा सुइटर वितरण गरेको हाे ।

    नगरपालिकाले नगर भित्र रहेकाे बालसेवा आधारभूत विद्यालयमा ५० थान, लालपानी माविमा ६० थान, दीपेन्द्र आधारभूत विद्यालयमा ३२ र बाल कल्याण आधारभूत विद्यालयमा ३५ थान गरी  जम्मा १७५ जना विद्यार्थीहरुलाई सुइटर वितरण गरेको नगरपालिका शिक्षा प्रमुख सुरेन्द्र  दाहालले बताए ।

    शिवसताक्षी वडा नम्बर ७ को बालसेवा आधारभूत विद्यालयबाट विद्यार्थीहरुलाई न्यानो कपडा वितरण सुरु गरेको थियाै ।

    नगरपालिकाले नगर भित्रका  १५ सय विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिने उपसचिव दाहालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)