News Portal

  • झापामा सरकारी कर्मचारीकाे ब्रमहलुट, विदाका दिनमा पनि सरकारी गाडीको प्रयाेग

    रातोपोस्ट संवाददाता
    ७११ पटक

    भद्रपुर । झापामा नागरिकको सेवा गर्न खटिने कर्मचारीलाई सार्वजनिक कामका लागि सुविधा  दिइएका सरकारी गाडी कर्मचारीले व्यक्तिगत काम र स्वार्थका लागि  प्रयाेग गरेका छन ।

    सार्वजनिक जीवन शैलीको जिम्मेवारी पाएका सरकारी कार्यालयका प्रमुख तथा अधिकृतले  सरकारी गाडी विदाका दिनमा समेत व्यक्तिगत प्रयोजनका लागि घुमफिर गर्न, मनोरञ्जनलिन तथा व्यक्तिगत किनमेल, भेटघाटमा प्रयोग गरी दुरूपयोग गर्ने प्रबृत्ति बढेको छ ।

    शनिवार हल्दिवारी स्थित भेलागडी सामुदायिक वन समूह भित्र रहेको सिमसार क्षेत्रको वनभोज स्थलमा मात्र दर्जन भन्दा बढी सरकारी गाडी तथा मोटर साइकल दुरूपयोग गरी विभिन्न कार्यालयका कर्मचारीले लगेको पाइएको छ ।

    सार्वजनिक विदाका दिन सरकारी काम बाहेक सरकारी सवारी साधन प्रयोग गर्न नपाइने प्रावधान मिचेर दर्जन बढी सवारी साध दुरूपयोग गरिएको पाइएको हो । अधिकांश कार्यालयका प्रमुख लगायत पहुँचवाला कर्मचारीले कानुनी प्रावधान मिचेर सरकारी सवारी साधन प्रयोग गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)