News Portal

  • दाङका सडक डिभिजन प्रमुखलाई विप्लव नेकपाले कालोमोसो दल्यो

    रातोपोस्ट संवाददाता
    १०७३ पटक

    दाङ। सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले आइबार दिउँसो ४ बजेतिर कालोमोसो र जुत्ताको माला लगाई दिएका छन् ।

    उनीमाथि अनियमितता गरेको, निर्माण व्यवसायीसँग मिलेर काममा ढिला गराएको लगायत ११ आरोप लगाइएको छ । घटनास्थलमा जिल्ला जनपरिषद्को नामको व्यानर पनि भेटिएको छ ।

    डिभिजन कार्यालय दाङका प्रमुख चौधरीको केही दिन पहिले मात्रै घाइघाट–दिक्तेल सडक आयोजना उदयपुरमा सरुवा भइसकेको छ ।

    सडक डिभिजन कार्यालय दाङको नयाँ प्रमुखको रुपमा निरज शाक्य आएका छन । कार्यालय प्रमुख चौधरीलाई कालोमोसो र जुत्ताको माला लगाउने कार्यकर्ताको खोजी कार्य भैरहेको एक प्रहरी अधिकारीले बताए ।

    दाङबाट सरुवा भएर गइसकेका चौधरी आइतबार रमना लिन जिल्लामा आएका थिए । उनी जिल्लामा मुस्किलले ३÷४ महिना प्रमुखको रुपमा काम गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)