News Portal

राष्ट्रिय एकता दिवसको अवसरमा, बिर्तामाेडमा पृथ्वी नारायणको परिचर्चा

रातोपोस्ट संवाददाता
७९३ पटक

झापा। नेपाल एकिकरण अभियान्ता पृथ्वी नारायण शाहको योगदानको स्मरण गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिर्तामाडमा आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ ।

नेपाल राज्यको एकीकरणमा पुर्खाहरुको नेतृत्व गर्ने नायक पृथ्वीनारायण शाहको २९८औँ जन्मदिनका अवसरमा उनी प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै पृथ्वीनारायाण र नेपालको अस्तित्वको बारेमा चर्चा गरिएको थियो ।

राप्रपा झापा अध्यक्ष अम्बर बिष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा बुधबारे आर्दश क्याम्पसका पूर्व प्रमुख गणेश निरौलाको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि निरौला झापाका एक ईतिहासको बारेमा दखल राख्ने व्यक्ती पनि हुन, उनले पृथ्वी नारायण शाहले नेपालका लागि गरेको योगदान, ईतिहासमा रहेको तथ्य यथार्थताको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य नगर अध्यक्ष शंखर रिजालले राखेका थिए । रेडियो विराटकी प्रबन्ध निर्देशक एंव साहित्यकार लिला अनमोलले पृथ्वी नारायण शाहको त्याग र योगदानको सम्मान गर्दै पहिलाको नेपाल र अहिलेको नेपालको तुलना गर्दै नेपाल आमाको व्यथा व्याख्य गर्ने कविता वाचन गरेकी थिईन ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा बिर्तामोड नगर प्रमुख ध्रुब कुमार शिवाकोटी , हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, झापा राप्रपा महिला संघ अध्यक्ष राधा कार्की, दमक क्यापसका सहायक प्रमुख कृष्ण खतिवाडाले दिवसको औचित्यको बारेमा आफ्नो धारणा राखेका थिए । कार्यक्रमको संञ्चालन राप्रपाका जिल्ला सचिव केशव ओझाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्