News Portal

  • एक महिना संसद् बन्धक

    रातोपोस्ट संवाददाता
    ४९४ पटक

    काठमाडौं । दौडिँदै आजै बिहान आइपुगियो, फेरि आजै जिल्ला फर्किंदैछौं,’ गण्डकी प्रदेशका एक हुल सांसदले नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङसँग गुनासो पोखे, ‘अब ६ गतेका लागि पनि के पो गर्ने होला साह्रै अन्योलमा परियो।’ जवाफमा नेम्बाङले भने, ‘त्यो बेलासम्म केही निकास आउला नि।’

    आइतबार संसद् चल्ने आसमा उनीहरू दौडधुप गर्दै काठमाडौं आएका थिए। दिउँसो १ बजे बोलाइएको बैठकमा सहभागी हुन उनीहरू संसद् भवन नयाँ बानेश्वर पुगेर हाजिर पनि गरे। तर सिंहदरबारबाटै बैठक माघ ६ सम्मका लागि स्थगित भएको सूचना टाँसियो। उनीहरू हिस्स परे। नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेताले कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रमका कारण गण्डकी प्रदेशका नेकपा सांसदहरू आइतबार नै जिल्ला फर्केका छन्। संसद् स्थगित भएको जानकारी पाएपछि बानेश्वर पुगेका सांसदहरू पनि निरास बने। ‘हाम्रो पार्टी कांग्रेस र नेकपाभित्रको लडाइँले जनतामा यो व्यवस्थाप्रति नै वितृष्णा पैदा होला जस्तो छ,’ कांग्रेस सांसद सञ्जय गौतम भन्दै थिए, ‘जनताले प्रश्न गर्ने बेला आइसक्यो।’

    झन्डै एक महिनादेखि स्थगित संसद्को बैठक सूचनाद्वारा एक साता पछि सारिएकोमा सत्तारुढ नेकपाकै सांसद विशाल भट्टराई पनि असन्तुष्ट छन्। ‘हामी सांसदहरूले जनताका समस्या राख्ने थलो भनेकै संसद् हो,’ उनले भने, ‘जनताका समस्याबारे हामीले बोल्नै पाएका छैनांै। नेताहरूले सहमति गरेर चाँडो निकास दिनुपर्‍यो।’ नेकपाभित्र सभामुख चयनमा देखिएको विवादले संसद् बैठक बस्न सकेको छैन। यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त सभामुख कसलाई बनाउनेमा पार्टीमा तीव्र विवाद छ।

    संसद्मा झन्डै दुई तिहाइ बहुमत भएको नेकपाको आन्तरिक विवादले सभामुखको चुनावदेखि संसद्को काम कारबाही प्रभावित भइरहेको छ। पार्टीले राजीनामा मागे पनि उपसभामुख डा शिवमाया तुम्बाहाङफेले आइतबारको बैठक सञ्चालन गर्ने अभिव्यक्ति दिएपछि बैठक चल्नेमा सांसदहरू विश्वस्त थिए।  अन्नपूर्ण पोष्ट्

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)