News Portal

  • प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिगमा : आयोजक र बाहुनडाँगी विजयी

    रातोपोस्ट संवाददाता
    ५४५ पटक

    झापा । काँकरभिट्टास्थित तुर्केनी खेलमैदानमा जारी प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिग अन्तर्गत सोमबार सम्पन्न खेलमा बाहुनडाँगी क्रिकेट क्लब र आयोजक मिलन क्रिकेट क्लब विजयी भएका छन् ।

    लिग अन्तर्गत पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको बाहुनडाँगीले ४ विकेटको क्षतीमा ८५ रन बनाएको थियो । ८६ रनको टार्गेट लिएर मैदान उत्रिएको मेची मल्टिपल क्याम्पस भद्रपुरले १० ओभर खेल्दा ६ विकेट गुमाएर ७१ रनमा समेटियो । उक्त खेलको म्यान अफ दी म्याच बाहुनडाँगीका राजेश थापा घोषित भए । २३ बलमा ४१ रन जोडेका उनलाई मेचीनगर ४ का वडा अध्यक्ष एवं मेचीनगर खेलकुद समिति संयोजक नवीन बरालले नगद राशीसहित पुरस्कृत गरे ।

    त्यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको इनिङ स्टार क्रिकेट क्लब काठमाडौंले ५ विकेटको क्षतीमा ९२ रन जोडेको थियो । ९३ रनको लक्ष्य पछ्याउने क्रममा १ विकेटको क्षतीमा आयोजक मिलन क्रिकेट क्लबले लक्ष्य भेट्टाएको थियो । सो खेलको म्यान अफ दी म्याच आयोजकका राज थापा घोषित भए । ३१ बलमा ५५ रन र १ विकेट लिएका उनलाई नेपाली महिला क्रिकेट राष्ट्रिय टोलीकी अप्सरी बेगमले नगद राशीसहित पुरस्कृत गरिन् ।

    मंगलबार(आज) को खेल आयोजक मिलन क्रिकेट क्लब र एन.सि.एस.एस झापाबीच हुने आयोजकका अध्यक्ष वीरु श्रेष्ठले बताए । सो प्रतियोगिताको विजेताले ५० हजार ५१ रुपैयाँ र उपविजेता टिमले २५ हजार ५१ रुपैयाँ नगदराशीसहित ट्रफि पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)