News Portal

कर्मणि बचत तथा ऋण सहकारी संस्थाकाे तेस्रो वार्षिक साधारणसभा सम्पन्न

रातोपोस्ट संवाददाता
६१८ पटक

झापा । झापाको कमल गाउँपालिका-३ स्थित कर्मणी बचत तथा ऋण सहकारी संंस्था लिमिटेडले आज आफ्नो तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

२०७३ सालमा २८ जना सदस्य र १ लाख ४० हजार रुपैया शेयर पुँजी बाट स्थापना भएको सहकारीले आज सम्म आईपुग्दा ३ सय ७ जना सदस्य र ५८ लाख ६२ हजार ४ सय ३५ रुपैया शेयर जम्मा गर्न सफल भएको छ भने ८ लाख ७५ हजार ५ सय १४ रुपैया नाफा कमाउन सफल भएको अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सस्थाका अध्यक्ष त्रिलोचन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिका वडा न- ३ का वडा अध्यक्ष नरप्रसाद दंगाल, सदस्य लालप्रसाद बखिम,सानुकेर्खा युवा क्लवका अध्यक्ष होमराज लिम्बु लगायतले साधारणसभा सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बालबचत तर्फ महिमा धिमाल,जेष्ठ नागरिक बचत सावित्रा गुराँगाई, कुसल ऋणी तर्फ कुलबहादुर थापा, दैनिक बचत तर्फ दिलपि पौडेल, साधारण बचत तर्फ रमेश पोख्रेल , कर्मणी नियमित बचत तर्फ पिताम्बर सिंखडा, पेन्सन बचत तर्फ हर्क बहादु विक लाई सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।

कार्यक्रम सञ्चालन सस्थाका सचिव लेखनाथ सुवेदीले गरेका थिए भने  स्वागत मन्तव्य दौलत गिरी (रविन) ले राखेका थिए ।

प्रतिकृया दिनुहोस्