News Portal

  • ‘सीआईबी हुँ’ भन्दै असुली गर्ने दुई पक्राउ

    रातोपोस्ट संवाददाता
    ५८५ पटक

    झापा । ‘सीआईबी प्रहरी हुँ’ भन्दै नगद असुली गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा झापा गौरीगञ्ज गाउँपालिका–१ का २८ वर्षीय पर्शुराम महतो र ३ का २० वर्षीय जीवन दास रहेका छन् ।

    बाह्रदशी गाउँपालिका–३ राजगढ बजारमा सोमबार स्थानीय व्यापारी अरफाक आलमसँग नगद ७ हजार रुपैयाँ असुली गर्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

    प्रदेश प्रहरी कार्यालय विराटनगरको सीआईबी प्रहरी भएको बताउँदै डरधम्की देखाई रकम असुली गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय राजगढले उनीहरुलाई नियन्त्रणमा लिएको श्रेष्ठले बताए । उनीहरुमाथि अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)