News Portal

  • प्रथम टि–टेन क्रिकेट लिग:एन.सि.एस.एस.लाई पराजित गर्दै आयोजक मिलन क्रिकेट क्लब सेमीफाइनल प्रवेश

    रातोपोस्ट संवाददाता
    ६७४ पटक

    झापा,पुष २९।झापाको काकडभिट्टा स्थित तुर्केनी खेलमैदानमा जारी प्रथम टि–टेन क्रिकेट लिग अन्तर्गत मंगलबार सम्पन्न खेलमा एन.सि.एस.एस झापालाई ६१ रनले पराजित गर्दै आयोजक मिलन क्रिकेट क्लब सेमीफाईनल प्रवेश गरेको छ ।

    लिग अन्तर्गत आज भएको खेलमा टस जितेर ब्याटिङ रोजेको मिलन क्रिकेट क्लबले ५ विकेटको क्षतीमा १ सय २२ रन बनाएको थियो । १ सय २३ रनको टार्गेट लिएर मैदान उत्रिएको एन.सि.एस.एस झापाले १० ओभर खेल्दा सबै विकेट गुमाउदै ६१ रनमा समेटियो । उक्त खेलको म्यान अफ दी म्याच आयोजकका जयदेव राजवंशी घोषित भए । १८ बलमा ४० रन र १ विकेट लिएका उनलाई जिल्ला क्रिकेट संघका सदस्य जिवेस ओलीले नगद राशीसहित पुरस्कृत गरे ।

    प्रतियोगिता अन्तर्गत बुधबार (भोली)को पहिलो सेमीफाइनल खेल इस्टन बुलेट क्रिकेट क्लब सुनसरी र होराइजन क्रिकेट एकेडेमी विराटनगर तथा भोली नै हुने अन्तिम सेमीफाइनल खेल धुलाबारी क्रिकेट क्लब र आयोजक मिलन क्रिकेट क्लबबीच हुने आयोजकका अध्यक्ष वीरु श्रेष्ठले बताए ।

    सो प्रतियोगिताको विजेताले ५० हजार ५१ रुपैयाँ र उपविजेता टिमले २५ हजार ५१ रुपैयाँ नगदराशीसहित ट्रफि पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)