News Portal

  • प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिगः होराइजन र धुलाबारी फाइनल भीँड्दै

    रातोपोस्ट संवाददाता
    ८८२ पटक

    झापा। होराइजन क्रिकेट एकाडेमी विराटनगर र धुलाबारी क्रिकेट क्लब फाइनल प्रवेश गरेका छन् ।

    काँकरभिट्टास्थित तुर्केनी खेलमैदानमा जारी प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिग अन्तर्गत बुधबार सम्पन्न सेमीफाइनल खेलमा विजयी बनेका होराइजन र धुलाबारी फाइनल प्रवेश गरेका हुन् ।

    लिग अन्तर्गत पहिलो सेमीफाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको होराइजनले २ विकेटको क्षतीमा १५४ रन जोडेको थियो । १५५ रनको टार्गेट लिएर मैदान उत्रिएको स्टन बुलेट क्रिकेट क्लब सुनसरीले १० ओभरमा अलआउट हुँदै ४२ रनमा समेटियो ।

    उक्त खेलको म्यान अफ दी म्याच होराइजनका निरोज मुखिया घोषित भए । ३२ बलमा ९६ रन जोडेका उनलाई झापा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष गणेशविक्रम नेम्बाङले नगदराशीसहित पुरस्कृत गरे ।

    त्यस्तै, बुधबार नै भएको अन्तिम सेमीफाइनल खेलमा टस जितेर फिल्डिङ रोजेको आयोजक मिलन क्रिकेट क्लब काँकरभिट्टा १०७ रनले पराजित भयो । पहिलो ब्याटिङ गरेको धुलाबारी १० ओभर खेल्दा ४ विकेटको क्षतीमा १३३ रन जोडेको थियो । सो खेलको म्यान अफ दी म्याच धुलाबारीका सुरज खड्का घोषित भए । ७ बलम ३८ रन जोडेका उनलाई नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी सदस्य अप्सरी बेगमले नगद राशीसहित पुरस्कृत गरिन् ।

    सो प्रतियोगिताको फाइनल खेल माघ ४ गते शनिबार हुने आयोजक क्लबका अध्यक्ष वीरु श्रेष्ठले जानकारी दिए । उक्त प्रतियोगिताको विजेताले ५० हजार ५१ रुपैयाँ र उपविजेता टिमले २५ हजार ५१ रुपैयाँ नगदराशीसहित ट्रफि पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)