News Portal

  • ललिता निवासको जग्गा विप्लवकाे कब्जामा, ढकालको घरमा बम विष्फोट

    रातोपोस्ट संवाददाता
    ११६८ पटक

    काठमाडौं ।बालुटारस्थित ललिता निवासको जग्गा कब्जाका मुख्य योजनाकार शोभाकान्त ढकालको घरमा भएको बम विष्फोटकाे जिम्मेवारी भुमिगत विप्लव नेकपाले लिएको छ।

    ललिता नीवासको ११५ रोपनी सरकारी जग्गा कब्जाका मुख्य योजनाकार भएकोले उनको घरमा सेवोटेज गरेको नेकपाले जनाएको छ । बुधबार साँझ ढकालको घरमा बम विस्फोट समेत भएको छ ।

    नागार्जुनस्थित ढकालको नीवासमा बुधबार साँझ विस्फोट भएको हो । विस्फोटको जिम्मा लिएर पनि घर सेवोटेज गरेको भन्दै नेकपा कार्यकर्ताले घर आसपासमा एउटा पर्चा छरेका छन् ।

    उक्त पर्चामा बालुवाटारको सरकारी जग्गा कब्जाका मुख्य योजनाकार भएकोले, पूर्वसचिव शारदा त्रित्रालको नेतृत्वमा गठित छानविन समितिको प्रतिवेदनले भूमाफिया किटान गरेकोले, जनयुद्धकालमा सुकुम्बासी र भूमीहिनहरुको जग्गा आफ्ना नाममा हड्प्ने प्रपञ्च गरेकाले, विगतमा एमाले र हाल सरकारी नेकपाको राजनैतिक शक्तिको आडमा राज्यको भ्रष्ट निकाय एर्व कर्मचारीहरुसँगको मिलेमतोमा माफियागिरी एवं लुटखोर गरेकोले र कुख्यात भूमाफिया एवं राष्ट्रिय सम्पतीको लुटखोर गर्ने योजनाकार भएकाले पुष्टि हुँदापनि कथित कम्युनिस्ट नामधारी वर्तमान केपी सरकाले कुनैपनि कारवाही नगरकेोमा जनस्तरबाट व्यापक रुपमा कारवाहीको माग एवं उजुरी आएकोले उल्लेख छ ।

    प्रहरीका अनुसार बुधबार साँझ नागार्जुन १ नर्सरी चोकस्थित उनको घरमा बिस्फोट भएको हो । विस्फोटमा घरको शिशा फुटेको छ भने पार्किङ गरेर राखेको गाडी गेटमा पनि क्षति भएको छ । तर मानवीय भने भएको छैन । प्रहरीले विस्फोट भएको तर बम वा अरु केही भन्ने अनुसन्धान भइरहेको बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)