News Portal

झापामा प्रहरीले ‘तँ’ भनेपछि गायिका आस्था राउतको आक्रोश: पुलिस होइन फुलिस हो

रातोपोस्ट संवाददाता
९८७ पटक

काठमाडौ। गायिका आस्था राउत विवादमा तानिएकी छन्। आफू सिक्कीम जाँदै गर्दा झापाको भद्रपुर विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै प्रहरीलाई तथानाम गाली गरेकी छन्। उनले प्रहरीले आचरण सुधार्नु पर्ने भन्दै दबङ शैलीमा हान्न मन भिडियाेमा बोलेकी छन्। उनी आफू हतारमा रहेको र प्रहरीले चेक गर्दा अपमान गरेको उनको आरोप छ।

उनको भिडियो हाल उनको फेसबुक प्रोफाइलमा नदेखिए पनि सामाजिक स‌ंञ्जजालमा भाइरल भएको छ। उनले प्रयोग गरेका शब्द र बिचार एकदमै तल्लो स्तरको रहेको छ।

आफुलाई एयरपोर्टमा अभद्र व्यबहार गर्दै ‘तँ’ भनेर अपमानित गरेपछि गायिका आस्था आक्रोशित भएकी हुन् । आस्था राउतलाई प्रहरीले हेप्दै ज्याकेट खोल्न लाएर सार्वजनिक ठाउँमा अपमानित गरेको कुरा उल्लेख गरेकी छिन् । आस्था राउत सिक्किम जाँदै गर्दा गाडिमा बसेर भिडियो रेकर्ड गर्दै घटनाको विवरण दिंदै आक्रोश पोखेकी छिन् । प्रहरी हाम्रो साथि भन्ने सुन्दा हाँस उठ्छ भन्दै प्रहरीलाई सुझाव समेत दिएकी छिन् ।

आस्था राउतले भिडियोमा भनिन्, “एयरपोर्टमा चेकजांच गर्दा सभ्य भएर बोल्दा हुन्थ्यो नि मलाई तँ भन्दै ज्याकेट खोल्न लाएर के चेक गर्न खोजेको ? मैले चेक गर्न दिएकै थिए अब ज्याकेट खोलेर के चेक गर्न खोजेको ? यहि हो प्रहरीले जनतासंग बोल्ने तरिका ? कसरी हामी प्रहरीबाट सुरक्षित अनुभूति गर्ने यस प्रकारले ? यस्तो प्रहरीहरुको काम छैन जब सम्म जनतालाई सम्मान गर्दैनन् । जनतालाई तँ भन्ने अनि हामीले चाहि प्रहरीलाई सम्मान गर्नुपर्ने ? बोल्ने ढंग छैन भने प्रहरीमा बस्ने होईन । किलोका किलो सुन त्यहि एयरपोर्टबाट भित्रियो हेर्न सकेनौ अहिले हामी कलाकारलाई हेपेर ज्याकेट खोल्न लाएर के चेक गर्न खोजेको ?”

आस्था राउतले भर्खरै नयाँ एल्बम रिलिज गरेकी छिन् । सिक्किममा माघे सङ्क्रान्ति विशेष कार्यक्रमका लागि जाँदै गर्दा एयरपोर्टमा प्रहरीद्वारा अपमानित भएकी हुन् । ‘चौबन्धिमा पटुकी” गित हिट भएसंगे लोकप्रिय बनेकी आस्था अहिले ‘द भ्वाईस अफ नेपाल’ मा जज भए पश्चात युवा पुस्ता माझ उनको क्रेज बढ्दो छ ।

प्रतिकृया दिनुहोस्