News Portal

  • मेडिकल कलेज सञ्चालक दूर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी

    रातोपोस्ट संवाददाता
    ३६२ पटक

    काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले अभद्र व्यवहारको मुद्दा दायर गरेपछि जिल्ला प्रशासन कार्यालय
    भक्तपुरले बीएण्डसी अस्पतालका सञ्चालक दूर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको छ ।

    गिरीले प्रसाईंविरुद्ध प्रहरी परिसरमा अभद्र व्यवहारको मुद्दा दायर गरेका थिए ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले आवश्यक अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट पक्राउ पूर्जी जारी गरिएको बताए ।

    सञ्चालक प्रसाईंले पत्रकार सम्मेलन गरेर डा. गिरीले २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका थिए ।

    मुद्दाको कारवाही प्रक्रिया अगाडि बढाउँदै प्रशासनले प्रसाईंको नाममा पक्राउ पूर्जी जारी गरेको छ ।

    आफूले सञ्चालन गरेको मेडिकल कलेजको अनुमति प्रक्रियाका क्रममा डा. गिरीले घुस मागेको आरोप प्रसाईंले लगाएका थिए ।

    नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाएको तस्वीर सार्वजनिक भएपछि प्रसाईं चर्चामा आएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)