
काठमाडौँ । बिहिबार गएकाे पुस २८ गते बसेको मन्त्रिपरिषद बैठकका २० निर्णयहरू सार्वजनिक भएको छ ।
सरकार प्रवक्ता एव् सञ्चारमन्त्री गोकुल बास्कोटा बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारले युरोपेली लगानी बैंकबाट प्राप्त हुने १२ अर्ब ७६ करोड ( १०० मिलियन युरो) ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी गराए ।
त्यसैगरी सरकारले विदेशस्थित नेपाली नियोगमा काम गर्ने स्थानीय कर्मचारीहरूको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ।
मन्त्री बास्कोटा सरकारले नेपाल र जनवादी गणतन्त्र चीनबीच फौजदारी विषयमा पारस्पारिक कानूनी सहायता सम्बन्धी सन्धिलाई स्वीकृत गरी जानकारीका लागि संघीय संसदमा पेश गर्ने जानकारी दिए ।
यस्ता छन् मन्त्रिपरिषद बैठकका २० निर्णयहरू