News Portal

  • गायिका आस्था राउतविरुद्ध प्रहरी जवान श्रेष्ठले दिइन् उजुरी

    रातोपोस्ट संवाददाता
    ६१० पटक

    काठमाण्डौ । गायिका आस्था राउतलाई जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा राउतविरुद्ध उजुरी दिएकी छन् ।

    विमानस्थल प्रहरी कार्यालय झापाले उजुरी परेपछि कारबाहीका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ।

    श्रेष्ठले आफू ड्यूटीमा रहँदा राउतले गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएकी हुन् । गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

    झापाको भद्रपुर विमानस्थलमा ड्युटीमा खटिएकी महिला प्रहरीले आफूलाई असभ्य व्यवहार गर्दै ‘तँ’ शब्दको प्रयोग गरेको भन्दै राउत आक्रोशित बनेकी थिइन् ।आस्था राउतले भिडियो लाइभपछि फेसबुकमा पोस्ट लेख्दै आफू आवेगमा आएको र प्रशासनले व्यवहारमा सुधार गर्नु पर्ने बताएकी थिइन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)