
काठमाडौं। बलिउडकी चर्चित गायिका नेहा कक्कडले बिबाह गर्ने भएकी छिन् ।
भारतिय मिडियाका अनुसार उनले गायक आदित्य नारायण झासँग बिबाह गर्ने बताइएको छ ।
बिबाह हुने बारे उनीहरुका परिवारले नै जानकारी गराएका हुन् ।
आदित्य र नेहाका परिवारले इन्डियन आइडल–११ को कार्यक्रममा उनीहरुको बिबाह हुने बारे बताएका हुन् ।
आदित्यले सञ्चालन गर्दै आएको इन्डियन आइडल–११ मा निर्णायकको भूमिकामा नेहा छिन् ।
कार्यक्रमकै समयमा आदित्यले नेहासँग विवाहको प्रस्ताब राखेको बताइएको छ । उदितले पहिलेदेखी नै नेहालाई मनपराउने गर्थे ।
कार्यक्रममा नेहाले आदित्यको बुबाहामासँग आर्शिवाद पनि लिएकी छिन् ।