News Portal

  • विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको मणिपाल अस्पतालमा निधन

    रातोपोस्ट संवाददाता
    १०३४ पटक

    काठमाडौं । विश्वकै होचा व्यक्तिको रुपमा गिनिज बुकमा रेकर्ड राखेका बागलुङका खगेन्द्र थापामगरको शुक्रबार निधन भएको छ । उपचारका क्रममा शुक्रबार दिउँसो पोखराको मणिपाल शिक्षण अस्पतालमा उनको निधन भएको हो ।

    स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना भएर आइसीयूमा बसेर उपचार गराइरहेका उनको उपचारकै क्रममा शुक्रबार मृत्यु भएको जनाइएको छ ।

    बागलुङको धुल्लुवासकोटका खगेन्द्रले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाएका थिए।

    २२ दशमलव ०४ इन्च उचाइ रहेका थापा १८ वर्षको उमेमा विश्व रेकर्ड कायम गरेका थिए।

    खगेन्द्र पोखराको सिर्जनाचोकका बुवा रुपबहादुर थापा मगर र आमा धनमाया थापा मगरका साथ बस्दै आएका थिए। २०४९ असोज १८ गते जन्मेका थापा जन्मदा ६ सय ग्रामका मात्र थिए। उनको वजन ५.५ किलो ग्राम मात्र थियो।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)