News Portal

एमसिसीबारे नेकपाले आवश्यक निर्णय लिन्छ : प्रवक्ता श्रेष्ठ

थाहा खबर
५०७ पटक

म्याग्दी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे पार्टीले आवश्यक निर्णय लिने बताएका छन्।

नेपालको विद्युत प्रशारण लाइन र सडक स्तरोन्नतिका लागि अमेरिकाले घोषणा गरेको सहयोग प्रस्ताव एमसिसीलाई संसदबाट पारित गराउने विषयमा सत्तारुढ दल नेकपाभित्रै विवाद उत्पन्न भैरहेको सन्दर्भमा प्रवक्ता श्रेष्ठले राष्ट्रिय हितलाई केन्द्रमा राखेर निर्णय हुने बताएका हुन्।

प्रेस संगठन म्याग्दीले शनिवार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले पार्टीको सचिवालयले राष्ट्रिय स्वाधिनता र विकासलाई ध्यान दिएर यथार्थपरक ढंगबाट एमसिसी प्रस्तावबारे आवश्यक निकास निकाल्ने बताए।

‘अब लामो समयसम्म एमसिसी प्रस्तावलाई के गर्ने भनेर बस्ने अवस्था रहँदैन,’ प्रवक्त श्रेष्ठले भने, ‘पार्टीको सचिवालय बैठकलाई निर्णय गर्ने निर्देशन भएको छ, अब बस्ने बैठकले यसबारे निष्कर्षमा पु¥याउँछ।’ यस्तै, प्रवक्ता श्रेष्ठले प्रतिनिधिसभाको सभामुख चयनबारे देखिएको अन्यौलताले छिट्टै निकास पाउने बताएका छन्।

नेकपाकै तर्फबाट सभामुखको उम्मेदवारी दिनका लागि उपसभामुखको राजीनामा अनिवार्य भएको बताउँदै नेता श्रेष्ठले माघ ६ मा आह्वान गरिएको प्रतिनिधिसभा बैठक अगावै यस विषयले निष्कर्ष पाउने विश्वास व्यक्त गरे।

सभामुखमा पूर्वएमाले र माओवादी कसले लिने भन्ने विवाद हो ? भन्ने पत्रकारहरुको प्रश्नको जिज्ञासा मेटाउँदै नेता श्रेष्ठले दुई पार्टी मिलेर नेकपा बनिसकेको र पूर्वएमाले र पूर्वमाओवादी इतिहासमा मात्रै लेखिने र पार्टीको नियमित कार्यमा नजोडिने दाबी समेत गरे।

राष्ट्रियसभा सदस्य पदका उम्मेदवार रहेका नेता श्रेष्ठले पार्टी एकताका बाँकी कार्यहरुलाई छिट्टै टुंगोमा पु¥याउने गरी काम भैरहेको बताए। निर्वाचन प्रचारप्रसारको क्रममा नेता श्रेष्ठसहित उम्मेदवार भगवती न्यौपाने म्याग्दी आएका छन्।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)