News Portal

  • धरौटीमा रिहा भएलगत्तै पुनः विप्लव नेकपाका कार्यकर्ता पक्राउ

    रातोपोस्ट संवाददाता
    ६३३ पटक

    दाङ। जिल्ला अदालत दाङबाट धरौटीमा रिहा भएलगत्तै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता पुनः पक्राउ परेका छन् ।

    संगठितरुपले राज्य विरुद्धको अपराध गरेको मुद्दामा जिल्ला अदालतबाट धरौटीमा रिहा भएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुईजना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार अदालतको गेटबाटै पुनः पक्राउ गरेको हो ।

    राप्ती गाउँपालिका–१ निवासी विप्लव नेतृत्वको नेकपा निकट दलित मुक्तिमोर्चा दाङका अध्यक्ष ३३ वर्षीय सुरज परियार र पार्टीका सदस्य वाणगंगा नगरपालिका–८ कपिलवस्तुका ३२ वर्षीय विष्णुबहादुर रावतलाई प्रहरीले पुनः पक्राउ गरेको हो ।

    जिल्ला अदालतको आदेशअनुसार १५/१५ हजार धरौटी बुझाएर निस्कँदै गर्दा प्रहरीले दुबै जनालाई अदालतको गेटबाटै पुनः पक्राउ गरेकाे हाे ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)