
झापा। सामुदायिक प्रहरी सेवा केन्द्रले शनिवार एक कार्यक्रमको आयोजना गरेर प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेललाई स्वागत तथा सम्मान गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टामा हालै काठमाण्डौँबाट सरुवा भई आएका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेललाई ईलाका परिसरमा आयोजित कार्यक्रममा सहभागिहरुले खादा र अविर लगाएर सम्मान गरेका हुन् ।
सामुदायिक प्रहरी सेवाकेन्द्र काँकरभिट्टाका अध्यक्ष बुद्विनाथ पौडेलको सभापतित्व रहेको कार्यक्रममा सेवाकेन्द्रका पूर्व अध्यक्ष डिल्लीराम घिमिरे , नेपाली काँग्रेसका मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी , नेकपाका मेचीनगर अध्यक्ष माधव अर्याल , मेचीनगर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन बराल , वडा नम्वर ५ का वडाध्यक्ष योगेन्द्र कुमार थापा लगायतले नगर भित्रकाे शान्ति सुरक्षालाई बलियाे बनाउदै युवामा बढ्दो लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध सचेतना जगाउनु पर्ने सुझाव दिएका थिए ।
सहभागिहरुले पर्यटनबर्ष २०२० लाई सफल बनाउन प्रहरीको व्यवहारले समेत प्रभाव पार्ने भन्दै पर्यटकसँगको व्यवहार सुमधुर बनाउन अनुरोध समेत गरेका थिए ।
सहभागीहरुको सुझाव पछि प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले सिमानामा हुने अवैध गतिविधिलाई पूर्ण रुपमा नियन्त्रण गरि, पूर्वी नाका काँकरभिट्टाबाट लागुऔषध कारोवार र मानव बेचविखन जस्ता जघन्य अपराध मौलाउदै गएको भन्दै त्यसलाई नियन्त्रण गर्नु आफ्नो पहिलो प्राथमिकता हुने बताए ।
पोखरेलले लागुऔषध कारोवारी देशद्रोही भएकोले त्यस्ता व्याक्तिलाइ कडा कार्वाहिको भागिदार बन्ने बताए । उनले राजनीतिक दल , नागरिक र संघ –संस्थासँग सहकार्य गरेर अघि बढने प्रतिबद्वता समेत जनाएका थिए ।
कार्यक्रममा नेकपा जिल्ला सदस्य देवकुमार राई, काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष हर्क फ्याक , माईती नेपालका संयोजक गोविन्द घिमिरे ,सशस्त्र प्रहरीका डिएसपी ज्ञानमणि पौडेल , प्रेस संगठन झापाका अध्यक्ष मुक्ति पौडेल, नेपाल यातायात स्वतन्त्र मजदुर संघठनका मेचीनगर अध्यक्ष खडानन्द भण्डारी लगायतको उपस्थिति रहेको थियो । सामुदायिक प्रहरी सेवाकेन्द्रका उपाध्यक्ष बिना तामाङले स्वागत गरेका कार्यक्रमको सञ्चालन सचिव गंगा कोइरालाले गरेका थिए ।