News Portal

  • झापा–सिलगुडी पाइपलाइन विस्तार गर्न भारत सहमत

    रातोपोस्ट संवाददाता
    ३७५ पटक

    काठमाडौँ। पूर्वी नेपालको झापादेखि सीमावर्ती भारतीय सहर सिलगुडीसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्न भारतीय पक्ष सहमत भएको छ ।

    पेट्रोलियम पदार्थको नियमित एवं सहज आपूर्ति गर्नको लागि मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारसँगै दोस्रो चरणमा झापा–सिलगुडी पेट्रोलियम पाइपलाइन विस्तार गर्न भारत सकारात्मक भएको हो ।

    साथै अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्नका लागि भारतीय पक्ष सहमत भएको हो ।

    भारतमा हालै सम्पन्न नेपाल भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी ज्पाइन्ट वर्किङ ग्रुपको सहसचिवस्तरीय पहिलो बैठकमा चितवनको लोथर र सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्बन्धमा भारतीय पक्ष सहमत भएको हो । कारोबार दैनिक

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)