News Portal

  • एमसीसीविरुद्ध नेकपाले गर्यो सङ्घर्षकाे घोषणा

    रातोपोस्ट संवाददाता
    ५३५ पटक

    काठमाडौँ : नेपाल कन्युनिस्ट पार्टीले विवादित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरोधमा  देशव्यापी रुपमा भन्डाफोर कार्यक्रम गर्ने भएको छ ।

    माघ १ देखि १५ गतेसम्म विभिन्न कार्यक्रम सार्वजनिक गर्दै नेकपाले एमसीसी सम्झौता सदनबाट पारित भए नेपाल बन्दसम्मका सङ्घर्षका कार्यक्रम गर्ने जनाएको छ ।

    सार्वजनिक गरिएको आन्दोलनका कार्यक्रम अनुसार नेकपाले अमेरिकी दूतावास, संयुक्त राष्ट्रसङ्घको कार्यालय र नेपाल सरकारलाई ज्ञापनपनपत्र बुझाउने भएको छ । यस्तै नेकपाले जनसङ्घर्षअन्तर्गत आस्थाका आधारमा बन्दी बनाइएका आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूको तस्बिर प्रदर्शन गर्ने, महँगीविरुद्ध प्रदर्शन गर्ने र व्यापक जनसहभागितामा जनवादी सांस्कृतिक कार्यक्रम गर्ने रहेको छ ।

    नेकपाको १५ दिने कार्यक्रम

    माघ ५ गते : सरकारलाई ज्ञानपनपत्र दिने
    माघ १० गते: अमेरिकी दूतावासलाई ज्ञापनपनपत्र दिने
    माघ १२ गते: संयुक्त राष्ट्रसङ्घको कार्यालयमा ज्ञापनपनपत्र दिने

    देशव्यापी जनसङ्घर्षका कार्यक्रम

    माघ १० गते : बन्दीहरूको रिहाइका निम्ति तस्बिरसहित प्रदर्शन
    माघ १६ गते : सहिद दिवस मनाउने
    मघ १८ गते: महँगीविरुद्ध प्रदर्शन
    माघ २० गते: खुला सांस्कृतिक कार्यक्रम
    माघ २५ गते: देशव्यापी अन्तरक्रिया

     

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)