News Portal

  • अग्‍नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय

    रातोपोस्ट संवाददाता
    ६६३ पटक

    काठमाण्डौ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । साँझ बसेको सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय सर्वसम्मत गरेको हो ।

    यसअघि बिहान अध्यक्षद्वबीच भएको भेटमा नेता सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो । अध्यक्षद्वयबीच भएको सहमतिलाई सचिवालय बैठकले सर्वसम्मत निर्णय गरेको पार्टीका महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

    प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष ओलीले सुवास नेम्वाङलाई सभामुखका लागि अघि सारेको भए पनि अर्का अध्यक्ष प्रचण्डले सभामुख पूर्वमाओवादीबाटै हुनुपर्ने अडान लिएपछि नेता सापकोटाको नाममा सहमति जुटेको हो । सापकोटा अध्यक्ष प्रचण्ड निकट मानिनुहुन्छ ।

    नेकपाबाटै उपसभामुख बन्नुभएकी शिवमाया तुम्बाहाङ्फेले पार्टीले सभामुखको उम्मेदवार टुंगो नलगाएसम्म राजीनामा नदिने अडान लिएपछि नेकपाले आज सभामुखको टुंगो लगाएको हो ।

    सभामुखको टुंगो लागेसँगै अब उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिनुहुने छ ।

    नेकपाले सभामुखको उम्मेदवार टुंगो नलाग्दा संसद बैठक एक महिनादेखि लगातार सूचना टाँस गरेर स्थगित हुँदै आएको छ ।

    पुस ४ गते सुरु भएको संसदको हिउँदे अधिवेशन त्यसपछि बैठक नै नबसी स्थगित हुँदै आएको हो । संसद बैठक सोमबारका लागि पनि तय गरिएको छ ।

    आइतबार नेकपाको सचिवालय बैठकले सभामुखको उम्मेदवार टुंग्याएसँगै सोमबारका लागि तय भएको संसद बैठक अघि सुरु हुने भएको छ । संसद बैठकमा सभामुख चयन प्रकृया अघि बढ्ने छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)