News Portal

  • प्रदेश १ मा थपिएका चार राज्यमन्त्रीद्वारा शपथग्रहण

    रातोपोस्ट संवाददाता
    १०९५ पटक

    विराटनगर। प्रदेश १ मा नयाँ नियुक्त भएका चार राज्यमन्त्रीहरुले शपथ लिएका छन् । नव-नियुक्त राज्यमन्त्रीहरुलाई प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले शपथ ग्रहण गराउनु भएकाे हाे ।

    नव-नियुक्त राज्यमन्त्रीहरुमा सामाजिक विकास राज्यमन्त्री जसमायाँ गजमेर, भौतिक पुर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय बिस्वास र भूमि ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रामबहादुर मगर हुनुहुन्छ ।

    मुख्यमन्त्री राईले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश सभा सदस्यलाई राज्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष गरेको सिफारिस अनुसार उनीहरूलाई नियुक्त गरिएको हो।

    मुख्यमन्त्री राईले भौतिक पूर्वाधार विकास र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय आफ्नै मातहत राखी ४ जना राज्यमन्त्री नियुक्तिको सिफारिस गरेका थिए। यस अघि रहेको ५ सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिस कुसियत रहेका छन्।

    नवनियुक्त राज्यमन्त्रीहरू मध्ये मगर, गुरुङ र गजमेर पूर्व एमालेका हुन् भने विश्वास पूर्व माओवादीका हुन्। नयाँ राज्यमन्त्रीसहित ९ सदस्यीय बनेको मन्त्रिपरिषदमा आङ्बो र विश्वास दुई जना मात्र पूर्व माओवादीका रहेका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)