News Portal

  • नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलद्वारा पदबाट राजीनामा

    रातोपोस्ट संवाददाता
    ४०० पटक

    काठमाडौं : नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन्।

    नियुक्ति भएदेखि नै आलोचनामा परेका उनको काममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पटक पटक असन्तुष्टि जनाएका थिए। मन्त्रीको चर्को असन्तुष्टिकाबीच उनले आइतरबार राजीनामा बुझाएको स्रोतले बताएको छ।

    ‘खरेलजीको राजीनामा आएको छ’, मन्त्री भट्टराईनिकट श्रोतले भन्यो, ‘उहाँको काम चित्त बुझ्दो नभएपछि बाटो खाली गरिदिन भनिएको थियो।’ मन्त्री भट्टराईले पटक-पटक हटाउन सक्ने चेतावनी दिइरहँदा राजीनामा बुझाएर खरेल बाहिरिएका हुन्।

    निगमको बढ्दो घाटा, वाइडबडी विमानका लागि गन्तव्य खोज्न नसक्नुलगायतका कारणले उनीमाथि पद छाड्न दबाब बढेको थियो। खरेलले निगममा केही दिनका लागि काम चलाउन अर्का एकजनालाई जिम्मेवारी दिएका छन्।

    झापाका खरेललाई सरकारले  २०७५ भदौमा नेपाल वायुसेवा निगम संचालक समितिको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)