News Portal

  • हरेक नेपालीको टाउकोमा ३६ हजार ८ सय रुपैयाँ ऋण, सरकारको कुल ऋण ११ खर्ब !

    रातोपोस्ट संवाददाता
    ४८८ पटक

    काठमाण्डौ। नेपाल सरकारको सार्वजनिक ऋण ११ खर्ब रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर महिनासम्म नेपालको ऋण १० खर्ब ९८ अर्ब पुगेको छ ।

    जसमध्ये  ६ खर्ब ४६ अर्ब ९५ करोड रुपैयाँ वैदेशीक ऋण रहेको छ । यस्तै ४ खर्ब ५१ अर्ब ५५ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ । सरकारको ऋणलाई आजसम्मको जनसंख्या २ करोड ९८ लाख ३० हजार ५ सय ४७ ले भाग गर्दा हरेक नेपालीको टाउकोमा ३६ हजार ८ सय ८ रुपैयाँ ऋण रहेको छ ।

    यो आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले १ अर्ब ९४ करोड आन्तरिक र ७ अर्ब ३० करोड बाह्य ऋण तिरेको छ । यस्तै आन्तरिक ऋणको ८ अर्ब ८९ करोड रुपैयाँ र बाह्य ऋणको १ अर्ब ५० करोड रुपैयाँ ब्याज पछिल्लो ५ महिनामा सरकारले भुक्तानी गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)