
झापा।झापाको काकडभिट्टा स्थित तुर्केनि खेलमैदानमा सञ्चालन भैरहेको पुरुष टि-टेन क्रिकेट लिग र महिला टि-ट्वान्टि ट्राई सिरिजकाे फाइनल खेल भोलि हुने भएको छ।
उक्त खेेेल सञ्चालन भैरहेको तुर्केनि खेल मैदानमा आयोजक मिलन क्रिकेट र धुलाबारी क्रिकेट क्लबबिच महिला टि-ट्वान्टि ट्राई सिरिज ४ गतेदेखि सञ्चालन भएको थियो । उक्त सिरिजमा आयोजक मिलन क्रिकेट क्लब काकडभिट्टाले धुलाबारी क्रिकेट क्लबलाई दुईवटा खेलमा पराजित गर्दै सिरिज आफ्नो नाममा पारिसकेको छ। उक्त खेलकाे फाइनल खेलपनि भोलि ७ गते मंगलबार पुरुष क्रिकेट टि-टेन लिगकाे फाइनल खेल सँगै एकैदिन हुने भएको छ। प्रतियोगिताकाे भव्य समापनका लागि पनि महिला र पुरुष क्रिकेटको फाइनल एकैदिन गर्न लागिएको आयोजक क्लबका विरु श्रेष्ठले बताए ।
यसअघि प्राविधिक समस्याका कारण २ गते हुने भनिएको टि-टेन लिगको फाइनल खेल ४गते शनिबारका लागि सारिएको थियो ।काकडभिट्टा स्थित तुर्केनि खेलमैदानमा सञ्चालन भैरहेको टि-टेन क्रिकेट लिगमा जम्मा १२ वटा टिमकाे सहभागीता रहेको थियोे ।
लिग अन्तर्गत गत बुधबार सम्पन्न सेमीफाइनल खेलमा होराइजन क्रिकेट एकेडेमी बिराटनगर र धुलाबारी क्रिकेट क्लब फाइनल प्रवेश गरेका थिए।
उक्त टि-टेन क्रिकेट लिग प्रतियोगिताको विजेताले ५० हजार ५१ रुपैयाँ र उपविजेता टिमले २५ हजार ५१ रुपैयाँ नगदराशीसहित ट्रफि पाउनेछन् ।