News Portal

  • सभामुखमा अग्नि सापकोटाको एकल उम्मेदवारी

    रातोपोस्ट संवाददाता
    ३६७ पटक

    काठमाडौं   प्रतिनिधिसभाको सभामुख पदका लागि अग्निप्रसाद सापकोटाको एकल उम्मेदवारी  दर्ता भएको छ ।उनले मंगलबार बिहान मनोनयन दर्ता गराएका हुन्।

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट सापकोटाको एक्लो उम्मेदवारी परेको हो ।

    नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको प्रस्ताव तथा नेकपाका प्रमुख सचेतक देव गुरुङ, नेकपाकै सांसद एवम् पूर्व सभामुख ओनसरी घर्ती र राजपा नेपालका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले सभामुखको उम्मेदवारी दर्ता गरेका हुन् ।

    प्रतिनिधिसभाको दोस्रो ठूलो तथा प्रमुख प्रतिपक्षी दलले भने सभामुखमा उम्मेदवारी दिएन । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवार नदिने निर्णय गरेको थियो ।

    प्रतिनिधिसभाको दोस्रो ठूलो दल कांग्रेसले उम्मेदवार नउठाउने निर्णय गरेपछि सापकोटा निर्विरोध निर्वाचित हुने लगभग पक्का भएको छ ।

    संघीय संसद सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार दिउँसो २ बजेसम्म मात्रै सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्ने समय थियो ।

    उम्मेदवार दर्ता गर्ने समय सकिएसँगै संसद सचिवालयले सभामुख पदका लागि दर्ता भएका उम्मेदवारको अन्तिम सूची प्रकाशन गरेको छ ।

    प्रतिनिधिसभाको माघ १२ गते बस्ने बैठकमा सभामुख निर्वाचनका लागि उम्मेदवारहरुको प्रस्ताव निर्णयार्थ पेश गरिने छ ।

    एउटा मात्रै उम्मेदावरी परेका कारण माघ १२ गते बस्ने प्रतिनिधिसभा बैठकले सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गर्ने छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)