News Portal

  • नेपाल डेरी एशोसिएसनकाे २१औं स्थापना दिवसमा , झापामा अन्तरक्रिया कार्यक्रम गरी मनाइयाे

    रातोपोस्ट संवाददाता
    १४०१ पटक

    झापा। मेचीनगरको धाइजनमा आज मङ्गलवार डेरी, पानी, उद्योगीसँग खाद्य स्वच्छताका विषयमा अन्तरक्रिया कार्यक्रम गरि २१औं नेपाल डेरी एशोसिएसनकाे स्थापना दिवस मनाइयाे।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय झापाको आयोजना र नेपाल डेरी एशोसिएसन झापाको सहआयोजनामा चारआली खानेपानीको सभा हलमा भएको अन्तरक्रिया कार्यक्रममा सर्वसाधारण जनताको स्वास्थ्य तथा सुविधा कायम राख्न दूध तथा दुग्धजन्य पदार्थको उत्पादनदेखि उपभोगको चरणसम्म स्वच्छता हुनु पर्ने जोड दिइयो ।

    मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पशु भेटनरी अस्पताल तथा विज्ञ केन्द्र झापा–इलाम प्रमुख डा. गंगाराम यादव, दूध उत्पादक संघ झापा सचिव चन्द्रप्रसाद सिग्देल, उद्योगी मीनप्रकाश मैनाली, मेचीनगर १२ वडा सदस्य लीला सुब्बा राजवंशी लगायतले मन्तव्य राखेका थिए ।

    कार्यक्रमका प्रमुख अथिती आचार्यले मानव स्वास्थ्यका लागि चाहिने बस्तुहरुको प्रयोग र व्यवस्थापन गर्न नसक्दा विभिन्न रोगहरु निम्तने गरेको बताए ।

    नेपाल डेरी एशोसिएसनका केन्द्रीय उपाध्यक्ष राजन चिमरियाले सञ्चालन गरेको कार्यक्रमको स्वागत भरतराज पुरीले गरेका थिए ।

    अन्तरक्रिया कार्यक्रममा  ४०० जना जति किसानहरुको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)