News Portal

  • प्रधामन्त्रीका कारण विवादित बन्दै पर्यटन बोर्डको सीईओ चयन प्रक्रिया

    रातोपोस्ट संवाददाता
    ७२३ पटक

    काठमाडौं। नेपाल पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का बारेमा प्रधानमन्त्री र पर्यटनमन्त्रीबीच मतभिन्नता हुँदा सीईओ चयन प्रक्रिया विवादित बन्नुका साथै लम्बिन पुगेको छ ।

    पर्यटन बोर्डको आइतबार साँझको बैठकमा नयाँ सिईओको नाम सिफारिस गर्ने बताइए पनि अर्को सूचना नआएसम्म स्थगित गरिएको छ ।

    बोर्डका तत्कालीन सीईओ दीपकराज जोशीको कार्यकाल पुसको दोस्रो साता सकिएपछि नयाँ प्रमुख नियुक्त गर्न बोर्डका सदस्य विप्लव पौडेलको संयोजकत्वमा पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यय र बोर्डका अर्का सदस्य कृष्णबहादुर महरा सम्मिलित उपसमिति बनाइएको थियो ।

    सो उपसमितिले डा धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐरको नाम सिफारिस गरेको छ ।

    पर्यटनमन्त्रीले डा रेग्मीलाई नियुक्त गर्ने योजनामा बनाएकोमा प्रधानमन्त्री कार्यालय सकारात्मक नहुँदा सीईओ नियुक्ति तत्काल अगाडि बढाउन रोकिएको सदस्यहरुकै आरोप छ ।आजको आर्थिक अभियानमा

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)