रातोपोस्ट संवाददाता

काठमाडौं । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन चैतको तेस्रो साता हुने भएको छ । युनियनले चैत २१ र २२ गते नेपालगञ्जमा महाधिवेशन गर्न लागेको हो ।
कार्यकाल सकिएको लामो समय भइसक्दा पनि युनियनको महाधिवेशन हुन सकेको थिएन । वर्तमान केन्द्रीय समितिले चितवनमा जारी केन्द्रीय समिति बैठकमा महाधिवेशन मिति टुंग्याएको हो ।
बैठकले माघ मसान्तसम्म जिल्ला अधिवेशन सक्न परिपत्र गरेको छ । अधिकांश जिल्लामा अधिवेशन भइसके पनि अधिवेशन गर्न बाँकी रहेका जिल्लाहरुमा परिपत्र गरेको हो ।
युनियनको काठमाडौं, ललितपुर, काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लामा अधिवेशन हुन बाँकी छ ।