News Portal

  • राष्ट्रिय सभा सदस्य चुनाव सुरु, परिणाम पनि आजै

    रातोपोस्ट संवाददाता
    ६७८ पटक

    काठमाडौं। बिहीबार (आज) बिहान १० बजेदेखि राष्ट्रिय सभा सदस्यका लागि चुनाव सुरु भएको छ । सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाममा चुनाव हुन लागेको हो ।

    कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म मतदान गर्न सकिने मतदान सकिए लगत्तै आज नै मतगणना शुरु गररे सबै परिणाम सार्वजनिक गरिसक्ने व्यवस्थाका रहेकाे निर्वाचन आयोगका प्रवक्ता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

    उनले ढुक्क भएर मतदान गर्न आग्रह गरे ।

    आयोगले सातै प्रदेशका उच्च अदालत रहेका जिल्ला सदरमुकाममा मतदानस्थल तोकेको छ । जसअनुसार प्रदेश १ मा विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहलाई मतदान स्थल तोकिएको छ । प्रदेश २ मा जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवनमा मतदान गर्न सकिने आयोगले जनाएको छ ।

    यस्तै बागमती प्रदेशको मतदान ललितपुर महानगरपालिकाको वडा नम्बर ४ को भवनमा हुने आयोगले जनाएको छ । गण्डकी प्रदेशमा जिल्ला निर्वाचन कार्यालय कास्कीको भवनमा मतदान गर्न सकिने छ । प्रदेश ५ को मतदान घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रमा हुने छ ।

    कर्णाली प्रदेशको मतदान सुर्खेतको जिल्ला निर्वाचन कार्यालयमा हुने आयोगले जनाएको छ । यस्तै सुदूरपश्चिम प्रदेशको मतदान सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माविको भवनमा हुनेछ ।

    १८ पदका लागि हुने चुनावमा ६ राजनीतिक दलका ४५ उम्मेदवारबीच प्रतिस्पर्धा हुन लागेको हो ।

    मतदानका लागि मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली मतदानस्थल पुगिसकेको अ‌ायोगले जनाएको छ । मतदानका लागि बुधबार साँझ नै मतदाता जिल्ला सदरमुकाममा पुगिसकेका अ‌ायोगले जनाएको छ ।राष्ट्रिय सभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष(उपाध्यक्ष, नगरपालिकाका प्रमुख(उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् ।

    राष्ट्रिय सभाका ५९ सांसदमध्ये एकतिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एकतिहाइको ६ वर्षमा कार्यकाल सकिने संवैधानिक व्यवस्था छ ।

    जसअनुसार १९ सांसदको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । रिक्त १९ सदस्यमध्ये १८ जना चुनावमार्फत चयन हुनेछन भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् । राष्ट्रियसभा सदस्यको कार्यकाल सकिनुभन्दा ३५ दिनअगाडि नै चुनाव गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । चुनावबाट महिला सात, दलित दुई, अल्पसंख्यक दुई र अन्य सातजना निर्वाचित हुने छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)