
मोरङ। राष्ट्रियसभा सदस्यको प्रदेश १ मा महिला, दलित र अन्य गरी तीन सदस्यका लागि भएको निर्वाचनमा नेकपाका तीनै जना उम्मेदवार विजयी भएका छन् ।
बिहीबार भएको राष्ट्रियसभाको मतदानमा नेकपाका उम्मेदवार गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन्।
अच्छामी ६ हजार ३ सय ३० मतभार पाए। उनी दलिततर्फका सदस्यमा निर्वाचित भएक हुन्।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नीरबहादुर विकले २७ सय १८ मतभार पाउँदा समाजवादी पार्टीका ज्ञानबहादुर परियारले ६ सय ६४ मतभार पाए।
त्यसैगरी, महिलातर्फ विजयी गौतमले ६ हजार ४ सय २२ मतभार पाएर विजयी पाइन्। अन्यतर्फ दाहालले ६ हजार २ सय ३४ मतभार पाए।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्र घिमिरेले २ हजार ७ सय ६६ र समाजवादी पार्टीका भरतबहादुर दाहालले २ सय ६४ मतभार पाए।
राष्ट्रियसभाको मतदान बिहीबार बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म भएको थियो।