News Portal

  • बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा

    रातोपोस्ट संवाददाता
    ९२६ पटक

    काठमाडौं– बागमती प्रदेशमा भोलि शुक्रबार सार्वजनिक बिदा हुने भएको छ ।

    तर यो विदा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा भने लागू हुने छैन ।

    बागमती प्रदेश सरकारले तामाङ समुदायको सोनाम ल्होसारको अबसरमा प्रदेशमा बिदा दिने निर्णय गरेको हो ।

    प्रदेश सरकारले दिएको बिदा उपत्यकाभित्रका तीन जिल्लाबाहेक अन्यमा लागू हुने गृह मन्त्रालयले जनाएको छ ।

    गत वर्ष चैतमा बसेको केन्द्र सरकारको मन्त्रिपरिषद बैठकले उपत्यकाबाहेक अन्य जिल्लाको हकमा प्रदेश सरकारले दिएको बिदा लागू हुने निर्णय गरेको थियो ।

    उपत्यकाभित्रका तीन जिल्लामा भने केन्द्र सरकारले बिदा दिएका बेला मात्रै बिदा हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)