News Portal

  • तामाङ राष्ट्रिय मुक्ति मोर्चाका भूवनसिंहलाई स–सम्मान रिहा गर – परिभाषा

    रातोपोस्ट संवाददाता
    १७३५ पटक

    काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य एवं नेकपा सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भूवनसिंह तामाङलाई मंगलबार मध्यपुर ठिमी, भक्तपुरबाट    प्रहरीले गिरफ्तार गरेकाे छ ।

    मोर्चाका संयोजक कान्छा तामाङ ‘परिभाषा’ले बिहीबार प्रेस वक्तव्य जारी गरी भूवनसिंह तामाङलाई विना सर्त स–सम्मान रिहाई नगरे संघर्ष अघि बढाउने चेतावनी दिएका छन् ।

    संयोजक तामाङले वक्तव्यमा भनेका छन्, ‘हाम्रो महान तथा गौरवशाली संगठन तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालका पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य एवं नेकपा सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भूवनसिंह तामाङलाई आफ्नो व्यक्तिगत कामको सिलसिलामा मंगलबार ७ गते मध्यपुर ठिमी, भक्तपुरमा गइरहेको अवस्थामा व्यापारीलाई चन्दा उठाउने र धम्क्याउने भन्ने कपोलकल्पीत झुठा वहाना बनाई विना प्रमाण गिरफ्तार गरी झुठा आरोपमा प्रहरी वृत्त ठिमीमा हिरासतमा राखेको छ ।

    वहाँलाई मानसिक तथा शारिरिक यातना दिइ अमानविय व्यवहारसमेत गर्दै राखेको बुझिएको छ ।’

    मोर्चाका संयोजक तामाङले वक्तव्यमा अगाडि भनेका छन्, ‘तसर्थ वहाँलाई गृह प्रशासनले झुठा कपोलकल्पीत मुद्दा लगाई फसाउने गम्भीर षड्यन्त्र गरेकोले हाम्रो संगठन यसको घोर निन्दा एवं भत्र्सना गर्दछौं ।’

    संयोजक तामाङले वक्तव्यको अन्त्यमा भनेका छन्, ‘साथै यस किसिम हर्कतलाई रोकी वहाँलाई अविलम्ब रिहाइको माग गर्दछौं ।

    अन्यथा हाम्रो मोर्चा आन्दोलनमा उत्रिन बाध्य हुनेछ र त्यसबाट निस्कने कुनै पनि परिणामको जिम्मेवारी स्वयंम सरकार हुनेछ ।’ वक्तव्यको पूर्णपाठ…

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)